बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्यूठानका एक जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २० जेठ २०७७, १९ : २४
मङ्गलबार, २० जेठ २०७७

प्यूठान । प्यूठान जिल्लामा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ ।

 स्वर्गद्वारी नगरपालिका ४ भिंग्र स्थित अमर क्याम्पसको क्वारेन्टाइनमा बसेका ५९ वर्षीय पुरुषमा मंगलबार कोरोना पुष्टि भएको हा ।

  स्वास्थ्य मन्त्रालयका अनुसार वडा नम्वर ४ बाझिपुरका  पुरुषमा कोरोना देखिएको हो ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वर्गद्वारी  नगरपालिकाका स्रोतले जनाएको छ । उनी हालै भारतको चेन्नेईबाट आएपछि क्वारेन्टिनमा बसेका  थिए । 

जेष्ठ १३ गतेदेखि  क्वारेन्टाइनमा बस्दै आएका उनीसँगै अमर क्याम्पसको क्वारेन्टिनमा बसेका १० जनाको स्वाब संकलन गरी पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य प्रमुख दल बहादुर केसीले बताए । कोरोना पुष्टि भएका उनलाई आईटी पार्क जिमुरपाटामा राखेर उपचार गरिने केसीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप