बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ का रोल्पाबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलियो

प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुग्यो
मङ्गलबार, २० जेठ २०७७, १८ : ०६
मङ्गलबार, २० जेठ २०७७

बुटवल । प्रदेश नम्बर ५ मा कोरोनाभाइरस संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएको छ । मंगलबारसम्मको तथ्याङ्क अनुसार प्रदेश नं ५ मा कोभिड १९ संक्रमित संख्या ७५३ पुगेको छ । 

सुरुमा प्रदेशका सीमाक्षेत्रमा रहेका जिल्लाहरुमा कोरोना संक्रमण देखिएकोमा विस्तारै संक्रमण फैलिँदै गइ हाल प्रदेशका  १२ जिल्लामा कोरोना संक्रिमण फैलिएको छ । आज पहाडी जिल्ला प्युठानमा समेत कोरोना संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । अव प्रदेशका १२ जिल्ला मध्ये रोल्पा मात्र कोरोना संक्रमणमुक्त रहेको छ  । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार प्युठानको स्वर्गदारी नगरपालिका वडा नम्बर ४ का ५९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी भारतबाट आएर अमर कृष्ण माविको  क्वोटाइनमा बसेका थिए । दाङमा आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १ का ३० बर्षका पुरुष र ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै वडा नम्बर २ का २६, ४०, ४५, ४६ बर्षमका चार जना पुरुष र १९ वर्षीया किशोरी, वडा नम्बर ५ का ५३ वर्षीय पुरुष र वडा नम्बर १७ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट काम गरेर फर्किनेहरु रहेको बताइएको छ । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य पर्द्धन शाखाले जनाएको छ ।

यसअघि घोराहीमा वडा नम्बर ३, १० र १८ मा गरि ८ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै घोराही उपमहानगरमा संक्रमतिको संख्या १७ पुगेको छ ।

प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको  कपिलबस्तु जिल्लामा आज पनि संख्या थपिएको छ । जिल्लाको  शिवराजको वडा नं. ३ का २० देखि २४ वर्षका पुरुष ३ जना, वडा नं.४ का १८ र ४२ वर्षका पुरुष २ जना, वडा नं.५ का २४ र २८ वर्षका दुईजना महिला तथा २१ र ३० वर्षका पुरुष २ जना, वडा नं. ६ की १९ वर्षकी एक महिला, वडा नं. ८ का बर्ष २८ का एक पुरुष, वडा नं. १० का बर्ष १७ का एक पुरुष र वडा नं. ११ का १७,२३,२९ वर्षका पुरुष तीन जना पुरुष रहेका छन् ।

यस्तै बाणगंगा नगरपालिका वडा नं.४ का वर्ष १६ का एक जना पुरुष तथा महाराजगन्ज नगरपालिका वडा नं. १० का बर्ष २८ का पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । 

यस्तै रुपन्देहीको सैनामैनामा १० जनामा कोरोना संक्रिमण देखिएको छ । उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका व्यक्तिहरु हन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कपिलवस्तुमा  ३६५, बाँकेमा २१३, रुपन्देही जिल्लामा ७६, दाङमा ६२, बर्दियामा १३, नवलपरासीमा ७, गुल्मीमा ५, पाल्पामा ५, अर्घाखाँचीमा ३, रुकुमपूर्वमा ३ र प्युठानमा १ जना संक्रमित रहेका छन् । 

प्रदेशका १२ जिल्लाका क्वारेन्टिनबाट १६ हजार ३०७ जनाको स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएकामा तीनहजार बढीको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले बताए ।

प्रदेश ५ का १२ वटै जिल्लाका क्वारेन्टिनमा ४० हजार बढी बसेका छन् । प्रदेश ५ मा कोरोना संक्रमित मध्ये गुल्मी,अर्घाखाँची र बाँकेका एक एक जना गरी तीनजनाको मृत्यु भएको छ । ५७ जना निको भएर घर फर्केका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप