विदेशबाट तत्काल ४० हजार श्रमिक स्वदेश फर्किने अनुमान
काठमाडौं । श्रम गन्तव्य मुलुकहरुबाट तत्काल ४० हजार श्रमिक स्वदेश फर्किन सक्ने अनुमान सरकारले गरेको छ ।
आधिकारिक तथ्याङ्क सम्बन्धित मुलुकका दूतावासहरुबाट संकलन भइरहेपनि अहिले ४० हजारको संख्या स्वदेश फर्किन चाहनेहरु रहेको अनुमान सरकारको छ ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले कुवेतबाट तत्काल ८ हजार, साउदी अरबबाट ८ हजार र युएइबाट ४ हजार नेपाली आउने तयारीमा रहेको बताए ।
यसैगरी मलेसियाबाट ७ हजार कतारबाट ११ हजार, बहराइनबाट ३ सय जोर्डनबाट ६ सय, साइप्रसबाट ४ सय र अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार रहेको उनले बताए । २ दिनभित्र यो सबै दूतावासबाट आधिकारिब तथ्याङ्क आउने उल्लेख गर्दै उनले श्रम गन्तव्य मुलुकबाहेकको तथ्याङ आइनसेको बताए ।
सरकारले तय गरेको प्रथामिकताको सूची अनुसार स्वदेश फर्किन चाहानेहरुले सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने छ । केही खाडी मुलुकहरुले आममाफी पाएका व्यक्तिहरुलाई सम्बन्धित देशले आफ्नो खर्चमा पठाउने भनेपनि अन्यको हकमा व्यक्तिगत खर्च लाग्ने उनले बताए ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सचिव बैरागीले आर्थिक अवस्था कमजोर रहेका वा खर्च व्यहोर्न सक्ने अवस्था नभएकाहरुको हकमा भने सरकारले सहयोग गर्ने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले कुबेतबाट उद्दारको काम ५ तारिखबाट सुरु गर्ने तयारी भएको बताए ।
एक दिनमा एक मुलुकमा १ फ्लाइट गरी १० वटा फ्लाइट मार्फत उद्दार गरिने उनले बताए । सचिव विडारीले एक दिनमा २५ सय देखि ३ हजारसम्मलाई स्वदेश फर्काउने गरी सरकारले तयारी गरेको छ । विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंमा ९ वटा पार्टी प्यालेसहरुमा उनीहरुलाई राख्ने तयारी सरकारले गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार न्यौपानेले नेपाल एयरलाइन्सका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमानहरु तयारी अवस्थामा रहेको बताए । आवश्यक परेमा बुद्ध एयरलाइन्सबाट पनि उद्दार गरिनेछ । वाइडीबडीमा बढीमा २ सय ५० र अन्य विमानमा बढीमा ४० जनालाई ल्याइने उनले बताए ।
विदेशबाट आएकाहरुलाई विमानस्थलमा सामान्य चेकजाँच गरी रिङरोड आसपासमा स्थापना गरिएको प्रदेशगत होल्डिङ रुमहरुमा उनीहरुलाई राखिने छ । प्रदेश प्रदेशको एक एक वटा होल्डिङ रुम बनाइएको छ । त्यसपछि स्थानय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी