शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबाट पहिलोपटक रोहिङ्ग्या शरणार्थीको मृत्यु

मङ्गलबार, २० जेठ २०७७, १६ : २३
मङ्गलबार, २० जेठ २०७७

ढाका । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।  बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार मात्र प्राप्त भएको थियो ।

ती वृद्ध कुटुपालोङ शिविरमा बस्थे । यस शिविरमा मात्र २९ जना रोहिङ्ग्यामा कोरोना पोजेटिभ देखिएको छ । म्यान्मारबाट भागेर बंगलादेश पुगेका रोहिङ्ग्याहरुलाई अस्थायी शिविरमा राखिएको छ । 

हाल शिविरमा करिब १० लाख शरणार्थी रोहिङ्ग्याहरु रहेका छन् । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप