हाजिरी जमानीमा हिरासतमुक्त भए भीआईपी जुवाडे
काठमाडौं । लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भिआइपी जुवाडेहरुलाई प्रहरीले हाजिरी जमानीमा छाड्ने तयारी गरेको छ ।
मङलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन थप हिरासतामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएपनि प्रहरीले हाजिरी जमानीमा छाड्ने तयारी गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण जघन्य बाहेकका कसुरका आरोपीलाई हिरासतमा नराख्ने सरकारको नीतिअनुसार उनीहरुलाई छाड्न लागिएको हो ।
सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको थियो । कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरूलाई दुई लाख ७७ हजार सात सय २० रूपैयाँ सहित पक्राउ गरिएको वृतका प्रमुख रन्जन दाहालले जानकारी दिए ।
पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाल छन्।
त्यस्तै होटलका सञ्चालक भारतका मिक्की जोगाइ पनि पक्राउ परेको दाहालले बताए । दाहालका अनुसार पक्राउ परेका जुवाडेको साथबाट १०००, ५०० र १००का १७९ वटा चिप्स पनि बरामद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी