झुण्डिएको अवस्थामा शव फेला
मङ्गलबार, २० जेठ २०७७, १५ : ५५
दाङको लमहीमा एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली निवासी ४७ बर्षिय नर बहादुर घर्ती मगरको शव झुण्डिएको अबस्थामा फेला परेको हो ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित आफ्नै घरको चर्पीमा झुण्डिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिए ।
शवको पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ । मृतक घर्ती दम, सुगर लगायतका रोगहरु बाट ग्रसित रहेको पारिवारिक स्रोतले जनाएको छ । घर्ती स्वास्थ्य उपचारका लागि सुकौली बाट करिब १ हप्ता अघि बनघुस्री स्थित घरमा आएका थिए । घर्तीका ४ छोरा र ३ बुहारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा