शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमलादीबाट समातिएका ९ भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप

मङ्गलबार, २० जेठ २०७७, १४ : ४८
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ९ भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप भएको छ । 

सोमबार पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार उपस्थित गराएकोमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले जानकारी दिए । लकडाउनको बेला जुवा खेलिरहेको विशेष सूचनाको आधारमा खटिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा व्यापारीहरु अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । 

लकडाउनको क्रममा जुवा खेल्ने उनीहरुको साथबाट २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु सबैलाई हाल दरबारमार्गस्थित हिरासतमा राखिएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप