वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा
मङ्गलबार, २० जेठ २०७७, १२ : ५४
हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए ।
त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाइसेन्स प्रकरणमा थप ६ जना पक्राउ
-
खेती खोलाको अवैध संरचना हटाउन ३५ दिने उर्दी
-
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन–७ च्याम्पियन
-
छानबिन समितिको चर्चा : यसअघि कस्ता–कस्ता बनेका थिए संसदीय छानबिन समिति ?
-
ओलीसँग जङ्गिए देउवा, रविले दिए राजीनामाको ‘धम्की’
-
सरकारमा पार्टीको निरन्तरता हुने एकीकृत समाजवादीको निष्कर्ष