शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिकी–अमेरिकी युवकको हत्यामा संलग्न प्रहरीकी गर्भवती श्रीमतीद्वारा सम्बन्धविच्छेद

मङ्गलबार, २० जेठ २०७७, १० : ०९
मङ्गलबार, २० जेठ २०७७

अमेरिकी राज्य मिनेसोटामा एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको हत्यामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनकी गर्भवती श्रीमतीले सम्बन्धविच्छेदको गरेकी छिन् ।

यसबारे डेली मेलले जानकारी दिएको छ ।

४५ वर्षे केली चौभिनले डेरेकसँगको आफ्नो १० वर्षको सम्बन्ध तोड्न लागेको बताएकी छिन् । आफूहरुबीच सुधार गर्नै नमिल्ने विषयमा मनमुटाव पैदा भएकोले सम्बन्धविच्छेद गरेको केलीले बताएकी छिन् ।

केलीले आफूहरु मे २८ मा आधिकारिक रुपमा छुट्टिएको बताएकी छिन् । त्यसको तीन दिन अघि मात्रै डेरेकले जर्ज फ्लोयडको घाँटीमा ९ मिनेटसम्म घुँडाले थिचका थिए, जसका कारण जर्जको मृत्यु भयो ।

रियल इस्टेट एजेन्ट केलीले आफू हाल बेरोजगार भएको बताएकी छिन् । पूर्ववत् सम्बन्धबाट दुई सन्तानकी आमाले डेरेकबाट कुनै पनि आर्थिक सहयोग नचाहेको बताएकी छिन् ।

‘प्रतिवादी आफैंले आफैंलाई सहयोग गर्न सक्षम छिन्,’ सम्बन्धविच्छेदको कागजातमा लेखिएको छ ।

लाओसबाट बाल शरणार्थीको रुपमा अमेरिका पुगेकी केलीले आफ्नो नाम परिवर्तन गर्नसमेत अदालतमा निवेदन दिएकी छिन् ।

मिनेसोटा अमेरिकाको सुन्दरी प्रतियोगिताकी बिजेता मिनियापोलिसको हेनेपिन काउन्टी मेडिकल सेन्टरमा रेडियोलोजिस्टको रुपमा समेत कार्यरत थिइन् । यो त्यहि अस्पताल हो जहाँ फ्लोयडलाई मृत घोषणा गरिएको थियो ।

यी दुईले सन् २०१० को जुन १२ तारिखमा मिनेसोटाको वासिङ्टन काउन्टीको अदालतमा विवाह गरेका थिए । उनले सोमबार त्यहि अस्पतालमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छिन् ।

डेरेकको कुकृत्यको भिडियो भाइरल भएको थुप्रै दिनसम्म केली चुप बसिन् । उनले शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो सहानुभूति श्रीमानका लागि नभई मृतकको परिवारप्रति भएको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप