शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बर्दिबासमा गएराति बम विष्फोट

बुधबार, २१ भदौ २०७४, १० : ३०
बुधबार, २१ भदौ २०७४

गौशाला -महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो । 

नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खाने बक्सामा बारुद भरेर बनाइएको बम विष्फोट गराएको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो । 

बम विष्फोटबाट कुनै पनि मानवीय वा भौतिक क्षति नभएको तथा नेपाली सेनाको फस्ट राइफल गणका डिस्पोजल टोलीले सो स्थानमा गएर थप बमको खोजतलाश गरेकोमा केही पनि फेला नपरेको र अहिले सो स्थानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

यता आज स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता कार्यक्रम रहेकाले बर्दिबासमा व्यापकरुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप