केन्द्रीय संस्करण

स्पेनमा सङ्कटकाल लम्याउन संसदमा प्रस्ताव लैजाने तयारी

person explore access_timeजेठ १९, २०७७ chat_bubble_outline0
file photo

मड्रिड । देशमा लागू भइरहेको सङ्कटकालको म्याद थप्नका लागि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसदमा प्रस्ताव लैजाने भएका छन् । अन्तिम दुई हप्ताका लागि उनले सङ्कटकालको म्याद थप्न संसद्सँग अनुमति माग्ने भएका हुन् ।
कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि देशमा लकडाउन लागू गर्नुपर्ने भएकाले उनले सङ्कटकालका लागि अनुमति माग्न लाग्नु भएको जनाइएको छ । 

स्पेनमा यसअघि घोषणा गरेर अहिले लागू भइरहेको सङ्कटकालको म्याद यही जुन ७ मा सकिनेछ । प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसद्ले निर्णय दिने अपेक्षा गरिएको छ । संसद्मा प्रधानमन्त्रीको गठबन्धन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन । 

कोरोनाभाइरस नियन्त्रणका लागि स्पेनमा लकडाउनको आवश्यकता अझै पनि रहेको विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् ।  विश्वभरी कोरोना फैलिन शुरु गर्दा प्रारम्भिक चरणमै स्पेनमा धेरै फैलिएको थियो । कोरोनाभाइरसका कारण स्पेनमा अहिलेसम्म २७ हजार १२७ जनाको मृत्यु भइसकेको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्याको हिसाबले स्पेन अहिलेसम्म धेरै सङ्क्रमित भएका मध्ये चौथो अग्रस्थानमा रहेको छ ।  स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा अहिले कम भएको भए पनि अझै पूर्ण नियन्त्रणमा भने आइसकेको छैन । –एपी 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.