शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

सोमबार, १९ जेठ २०७७, १८ : ३२
सोमबार, १९ जेठ २०७७

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सोमबार थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ । 

यसअघि आजैको नियमित प्रेस ब्रिफिङमा पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २ सय २६ जना नयाँ कोरोना संक्रमित भेटिएको बताएका थिए । यसँगै एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् । सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ । 


यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ । 

धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ ।
 कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

 राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

 यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको उनले बताए ।  देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप