शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँके बस दुर्घटनाका १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)

सोमबार, १९ जेठ २०७७, १८ : २४
सोमबार, १९ जेठ २०७७

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा ज्यान गुमाउने सबै १२ जनाको परिचय खुलेको छ ।  यस्तै मृतकमध्ये ३ जनाको सनाखत भएको छ । 

ज्यान गुमाउनेमा ठेगाना नखुलेका निमबहादुर ओली, देउवीर बिक, बुद्धिराम बिक, सीता पुन, पूर्ण बहादुर पुन, रितेश कार्की, रोल्पा थवाङ ३ का भिमबहादुर बिक र नरेन्द्र बिक रहेका छन् । 

यसैगरी रोल्पा रुन्चेगढी ६ होलेरीका मोहनचन्द्र बिक, दाङको राजपुर ६ का रामकुमार पुन, गुराँस नगरपालिका ४ दैलेखका दानबहादुर खड्का र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका पवन भण्डारीको पनि मृत्यु भएको छ । खड्का चालक र भण्डारी सहचालक हुन् । 

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान  जाँदै  गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको थियो । 

 प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले  ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

 राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा २० घाइते भएका छन् । 

 घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । यसैबीच सबै मृतक र घाइतेको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । उनीहरु भारतबाट आएका हुनाले स्वाब संकलन गरिएको प्रहरीले जनाएको छ । 

घाइते र मृतकको नामावली


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप