शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका एक संक्रमित निको भएर घर फर्किए

सोमबार, १९ जेठ २०७७, १७ : १८
सोमबार, १९ जेठ २०७७

गुल्मी।  गुल्मीका कोरोना संक्रमित ४ जना मध्ये एक जना संक्रमणमुक्त भएर आज घर फर्किएका छन् । 

जिल्लाको मदाने गाउँपालिकाका ३३ वर्षीय पुरुष कोरोना निको भएर घर फर्किएका हुन् । सदरमुकाम तम्घासस्थित खालाचौरको आइसोलेशन कक्षमा रहेका उनी कोरोना रिपोर्ट नेगेटिभ आएसँगै आज डिस्चार्ज भएर घर फर्किएका हुन् । 

 उनलाई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बधाई दिँदै आइसोलेसनबाट बिदाइ गरेका थिए । 

उनको स्थायी घर दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर १८ वेलडाँगी भएको बताइएको छ । उनी पुर्कोटदह स्थित  जिल्लाको पहिलो कोरोना  संक्रमित शिक्षकको घरमा बस्दै आएका थिए । ती शिक्षकको कोरोना संमणबाट मृत्यु भएको थियो । 

यस्तै गुल्मीका अन्य दुई जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु आइसोलेसनमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप