केन्द्रीय संस्करण

सङ्क्रमित घर गएपछि अस्पताल खाली

person explore access_timeजेठ १९, २०७७ chat_bubble_outline0
file photo

रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९  सङ्क्रमित  आज घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका सङ्क्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ ।

डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् । घर फिर्ता हुनेमध्ये नवलपरासीका तीन, भारतीय एक र रुपन्देहीका २१ जना भएको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि २० दिन पहिलादेखि अस्पतालमा बिरामी भर्ना शुरु गरिएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.नवीन दर्नालले सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । सङ्क्रमित हुने सबै भारतबाट नेपाल प्रवेश गरेका मात्र छन् । 

सङ्क्रमितलाई सामान्य श्वासप्रश्वास र उच्च रक्तचापबाहेक कुनै  समस्या नपाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । सङ्क्रमणबाट निको भई घर फिर्ता हुन लाग्नुभएका बिरामीले पनि शुरुमा कोभिड–१९ सङ्क्रमण भएभन्दा डर बढी लागे पनि शरीरमा कुनै समस्या नआउँदा सामान्य रुपमा लिइएको बताएका छन् ।

उनीहरुले घर फिर्ता हुन लाग्दा अस्पताल परिसरमा केही बेर नाचगानसमेत गरेका थिए । उनीहरुलाई मन्त्री बराल र प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बिदाइ गरेका थिए । सङ्क्रमित बिदाइसँंगै अस्पतालको आइसोलेशन वार्ड पूरै खाली भएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.