शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो

सोमबार, १९ जेठ २०७७, १५ : २६
सोमबार, १९ जेठ २०७७

एजेन्सी । भारतमा आइतबार एकै दिनमा ८ हजार  ३९२ जना  कोरोना संक्रमित थपिएका  छन् । सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५ हजार ३९४  जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ९१ हजार ८१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  हाल भारतमा ९३ हजार ३२२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ६७ हजार ६५५ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ २२ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् ।  दिल्लीमा १९ हजार ८४४ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  । 

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको थियो ।  भारतीय गृहमन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो ।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप