बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गीय राजा वीरेन्द्रको शालिकमा माल्यार्पण

सोमबार, १९ जेठ २०७७, १४ : ४४
सोमबार, १९ जेठ २०७७

काठमाडौं । राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ ।

२०५८ साल जेठ १९ गते शुक्रबार राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिकारजकुमारी श्रुति सहित १० जनाको हत्या भएको थियो । 

नेपाली नागरिकले इतिहासकै कालो दिनको रुपमा लिँदै आएको यो दिनमा सरकारीस्तरबाट कुनैकार्यक्रम नगरिएपनि विभिन्न संघ संस्थाले भने श्रद्धान्जली अर्पण गर्दै आएका छन् ।

 यस वर्ष कोरोना भाइरसको रोकथामका लागि लकडाउन जारी भएपछि वीरेन्द्रको सम्झनामा राजावादीहरुले औपचारिक कार्यक्रम गरेका छैनन् । तर योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले लकडाउकै बीच ललितपुरको जावलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरेको छ ।

 लकडाउनले सर्वसाधारणको उपस्थिति नभएपनि जावलाखेल आसपासका केही मानिसहरु त्यहाँ पुगेका थिए । आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले देशभक्त राजा वीरेन्द्रको सम्झनामा लकडाउनहुँदा औपचारिक कार्यक्रम गर्न नसकिएपनि मालयार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको बताए । 

यस्तै गुन्युचोलो तथा राष्ट्रिय सचेतना अभियानकी अध्यक्ष लक्ष्मी भद्राले जावलाखेल आसपासका मानिसहरुले शालिकमा पुगेर शालिकमा माल्यार्पण गरेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप