शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि ज्यान गयो

सोमबार, १९ जेठ २०७७, १४ : १८
सोमबार, १९ जेठ २०७७

सिन्धुपाल्चोक । आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको.त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ सुनकोशी बस्ने वर्ष ५० वर्षका ज्ञानबहादुर श्रेष्ठ सोमबार घरबाट तरकारी खेतीको लागि टनेल बनाउन भन्दै बाँसको झ्याङ्मा गएका थिए । 

बाँस काट्ने क्रममा  चिप्लेर लड्न गई आफैंले बोकेको खुकुरी उनको वाँया कोखाको छेउमा रोपिएको जिल्ला प्रहरी सिन्धुपाल्चोकका डीएसपी मावधप्रसाद काफ्लेले जानकारी दिएका छन् ।  उनका जेठो छोरा अनिल श्रेष्ठले बोलाँउदै जाँदा घाईते अवस्थामा फेलापारी गाँउका अन्य मानिसहरुलाई समेत बोलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वाह्रविसेमा ल्याएका थिए । 

प्राथमिक स्वास्थ्य केन्द्र वाह्रविसेमा उपचारको क्रममा श्रेष्ठको सोमबार करिब १२ बजे मृत्यु भएको र यस घटना बारेमा थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप