शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा कोरोना भगाउन पूजा

सोमबार, १९ जेठ २०७७, १३ : १६
सोमबार, १९ जेठ २०७७

रौतहट । लगातार लामो लकडाउनका कारण आजित बनेका रौतहटका केही स्थानका महिलाहरु कोरोना भाईरस भगाउन पूजा गर्न थालेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ५ का दर्जनौ महिलाहरु आज एकाबिहानै चोखिएर खुला चौरमा पंक्तिबद्ध बसेर सामूहिक पूजा गरेका हुन् ।

कटहरिया वडा ५ का अध्यक्षका प्रत्यासी राजनारायण साहले बिहानैदेखि दुवै वडाका दर्जनौ महिलाहरुले कोरोना भगाउन सामूहिक पुजा गरेको बताए । रौतहटको कटहरियामा मात्र नभई जिल्लाको कैयौं स्थानमा महिलाहरुले पछिलो केही दिनदेखि कोरोना भगाउन सामूहिक पूजा गरेका तस्बिरहरु सामाजिक सञ्जालमा समेत भाईरल भइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप