शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारत–चीन सीमा नजिकै चीनले बनायो पक्की सडक

सोमबार, १९ जेठ २०७७, १२ : ५३
सोमबार, १९ जेठ २०७७

भारत–चीन सीमामा एक्चुअल लाइन अफ कन्ट्रोल नजिकै चीनले एउटा पक्की सडक बनाएको छ जसमार्फत् मालवाहक गाडीको आवतजावत सम्भव हुनेछ ।

पत्रिका द इकोनोमिक्स टाइम्सका अनुसार यो पक्की सडक भारतको गोगरा पोस्ट नजिकै छ । स्याटलाइटबाट पाइएको तस्बिर अनुसार योसुनलगायत प्राकृतिक स्रोत–साधन सम्पन्न स्थान हो । करिब चार किलोमिटर लामो यो सडक मात्र तीन हप्ताभित्र निर्माण गरिएको छ र यो सडक उनीहरुको सडकसँग जोडिन्छ जुन केही वर्ष अघि चीनले एक्चुअल लाइन अफ कन्ट्रोल नजिकै बनाएको छ ।

पत्रिकाका अनुसार मेको सुरुवातदेखि नै भारत र चीनबीच पूर्वी लद्दाखमा तनाव जारी छ । स्रोतलाई उद्धृत गर्दै पत्रिकाले यो इलाकामा पहिले नै एक कच्ची सडक भएको तर तीन हप्ताभित्र तीब्र रुपमा काम गर्दै चिनियाँ सेनाले यहाँ दुईवटा पुल र एउटा पक्की सडक बनाएको जानकारी दिएको छ ।

यी सडक वास्तविक नियन्त्रण रेखा नजिकै भएपनि यसको प्रयोग यी पहाडसम्म गाडी र मानिसहरुलाई पुर्याउन प्रयोग गर्दै आएको छ । हालै स्याटलाइटबाट पाइएको तस्बिरबाट यसै सडकमा १० किलोमिटर पछाडि चीनले भारी हतियार गाडी तैनाथ गरेको पनि स्रोतले बताएको छ ।

पत्रिकाका अनुसार भारतले पनि गोगरा पोस्टमा सुरक्षा बढाइदिएको छ तर प्राकृतिक स्रोत साधनले भरिएको पहाडसम्म पुग्न भारतको तर्फबाट कुनै पक्की सडक छैन । स्याटलाइट इमेजरी विशेषज्ञ अवकाशप्राप्त कर्नल विनायक भट्टले पत्रिकालाई बताए अनुसार पहाड मुनी सुनको खानी हुनसक्छ । उनी यो इलाकालाई ‘गोल्ड माउन्टेन’ भन्छन् । गोगरा पोस्ट नजिकै सडक बनाउनुका साथै चीनले पेनगंग सो झी नजिकै बंकर पनि बनाएका छन् ।

पत्रिकाका अनुसार पछिल्लो २६ दिनदेखि यी दुई देशबीच तनाव जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप