शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता

सोमबार, १९ जेठ २०७७, १२ : ४९
सोमबार, १९ जेठ २०७७

कैलाली । चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् । 
बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर काम गर्ने कञ्चपुर कृष्णपुर नगरपालिका-४ गुलरिया बस्ने अन्दाजी ४० वर्षीय र २४ वर्षीय पुरुषहरु रहेका छन् । पातली खोलाको छेउमा पाल टाँगी बस्दै आएका उनीहरुलाई खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको बताइएको छ । 
ईलाका प्रहरी कार्यालय फल्टुडे र प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता भएकाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप