शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

सोमबार, १९ जेठ २०७७, १२ : ४६
सोमबार, १९ जेठ २०७७

काठमाडौं । सर्लाही, रुकुम (पश्चितम) , मोरङ  र स्याङ्जामा दुई जना मृत अवस्थामा फेला परेका छन् । 

सर्लाहीको धनकौल गाउँपालिका-४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी रुकुम (पश्चिम), आठविसकोट नगरपालिका-३ खदी बस्ने ४५ वर्षीय गम्भिर बोहरा सोही ठाउँस्थित कुकुर लोटाउने नामको खोलामा आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी मोरङको  केराबारी गाउँपालिका-९ देबिझोडास्थित पैनीमा सोही ठाउँ बस्ने ५० वर्षीय मुकेश राई पनि सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

स्याङजाको  भिरकोट नगरपालिका-४ छाङछाड्दी मन्दिरस्थित धर्मशालामा बिगत १७ बर्ष अगाडि देखि बस्दै आएका वालिङ नगरपालिका-८ बोगटी डाँडा बस्ने अन्दाजी ७० वर्षीय गोपाल गिरी आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप