शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा चट्याङ लागेर १ जनाको मृत्यु

सोमबार, १९ जेठ २०७७, १२ : ३६
सोमबार, १९ जेठ २०७७

जलेश्वर । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा ५५ वर्षीय इन्दल यादव रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
    
गाउँबाहिरको चौरमा भैँसी चराउन गएका यादवको आज बिहान करिब १० बजे भारी वर्षासँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप