शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा दुई प्रहरीसहित १९ जनामा कोरोना संक्रमण

सोमबार, १९ जेठ २०७७, ०९ : २३
सोमबार, १९ जेठ २०७७

उपेन्द्र न्यौपाने 

म्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा कोरोना पोजेटिभ भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । प्रतिष्ठानको प्रयोगशाला बिभागको प्रतिवेदन अनुसार जुम्लामा १९ जना र दैलेखका थप २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

स्वाब संकलन गरी परीक्षण गरिएका मध्यका जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका नौ जना र नेपाल प्रहरी २ जना रहेका प्रतिवेदनमा पोजेटिभ देखिएको उल्लेख छ ।

जुम्ला हिमा गाउँपालिकाका वडा नं १ का ३६ वर्ष र ६३ वर्षका पुरुष, वडा नं ६ का २३ वर्षीय पुरुष, वडा वडा नं ५ का २६,२३,४३,४६ बर्षका पुरुष, वडा नं ७ का ५९ वर्षीय पुरुष गरी आठ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष वडा नम्बर ६ का ४५, ३१, १२ वर्षीय पुरुष गरि नौ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा खटिएका २ जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ । यसैगरी दैलेखका थप २४ जनामा पोजेटिभ देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप