मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सान्चोको ह्याट्रिकमा डर्टमन्डको गोल वर्षा

सोमबार, १९ जेठ २०७७, ०८ : ५९
सोमबार, १९ जेठ २०७७

जाडोन सान्चोले करियरको पहिलो ह्याट्रिक गर्दा बोरुसिया डर्टमन्डले लिगको पुछारमा रहेको पाडेरबोर्नबिरुद्ध ६–१ को सहज जित हासिल गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने गोलको वर्षा भएको थियो । थोर्गान हजार्डले डोर्टमन्डलाई शुरुवाती अग्रता दिलाए । लगत्तै सान्चोलेले अग्रता दोब्बर बनाए ।

खेलको ७२ औँ मिनेटमा उवे हुनेमिरले पेनाल्टीमार्फत एक गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमात्र ठहरियो ।

पेनाल्टी लगत्तै सान्चोले डर्टमन्डको अग्रता फराकिलो बनाए भने इन्जुरीसमयमा ह्याट्रिक पुरा गरे ।यसअघि अच्रफ हाकिमी र मार्सेल स्मेलजरले एक–एक गोल थपे ।

२० वर्षीय सान्चो ३१ वर्ष यता घरेलु लिग बाहिर ह्याट्रिक गर्ने  पहिलो बेलायती खेलाडी पनि बनेका छन् ।

जीतसँगै डर्टमन्डले बायर्नसँगको दुरी ७ अंकमा झारेको छ । २९ खेलबाट डर्टमन्डको ६० अंक रहेको छ ।

आइतबार भएका अन्य खेलमा बोरुसिया मोचेनगडबाचले एफसी युनियन बर्लिनलाई ४–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप