बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बहिनीका लागि फ्लाइट बुक गरेको खबर गलतः अक्षय कुमार

सोमबार, १९ जेठ २०७७, ०८ : ५९
सोमबार, १९ जेठ २०७७

शनिबार भारतीय मिडियामा एउटा समाचार चर्चाको विषयमा बनेको थियो जसमा बलिउड नायक अक्षय कुमारले आफ्नी बहिनी अल्का भाटिया र उनका दुई सन्तानका लागि मुम्बईबाट दिल्ली पठाउनका लागि पूरा फ्लाइट बुक गरेको बताइएको थियो । अब यो समाचार अक्षय कुमारले खण्डन गर्दै यसविरुद्ध कानुनी उपचारको थालनी गर्ने बताएका छन् ।

सुरुदेखि अन्त्यसम्म गलत छ खबरः

अक्षय कुमारले आइतबार आफ्नो ट्वीटर ह्यान्डमा लेखे, ‘मेरी बहिनी र उनका दुई बच्चाका लागि एक चार्टर विमान बुक गराएको खबर सुरुदेखि अन्त्यसम्म गलत छ । बहिनीले लकडाउन पछि कतै पनि यात्रा गरेकी छैनन् र उनको एक मात्र सन्तान छन् । झुटो र मनगढन्ते खबरका लागि कानूनी उपचार लिनेबारे विचार गरिरहेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप