बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा क्वारेन्टाइन व्यवस्थापन नहुँदा भारतबाट आएका सिधै गाउँ छिरे

सोमबार, १९ जेठ २०७७, ०८ : ४४
सोमबार, १९ जेठ २०७७

उपेन्द्र न्यौपाने

जुम्ला । जुम्लामा भारत र जिल्ला बाहिरबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना क्वारेन्टाइनमा बस्ने स्थान नभएर सिधै गाउँतिर लागेका छन् । क्वारेन्टाइन व्यवस्थापन नहुँदा भारतबाट आएकाहरु सिधै गाउँ छिरेका हुन् ।

स्थानीय मानदत्त रावलका अनुसार ८–१० जना गैरागाउँतिर लागे भने केही छिनातिर लागेका थिए । जिल्ला विपत् व्यवस्थापन समितिको निर्णय कार्यान्वयन हुन नसकेको कारण समस्या आएको हो ।

यसैगरी सो टोलीसँगै आएका गुठिचौर गाउँपालिकाका ५ जनालाई गाउँपालिकाले गाडीमा गाउँपालिकातिरको क्वारेन्टाइनमा लगिएको जानकारी प्राप्त भएको छ ।

अहिले भारतबाट आएका मानिसहरुको संक्रमण बढेको छ । उनीहरुलाई बस्ने व्यवस्थानै नभएर गाउँ छिरेपछि जुम्लामा ठूलो त्रास फैलिएको छ । उनीहरु वास्तवमा कता गए भन्ने थाहा भएको छैन ।

अन्य भने बस्ने स्थान नभएर वसपार्कमा त्यसै बसिरहेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार हालसम्म स्थान निर्धारण नभएकाले कता राख्ने भन्ने अन्यौल भएको छ ।

जिल्ला बिपत व्यवस्थापन समितिको वैठकले निर्णय गरेका क्वारेन्टाइन क्षेत्रको निर्णय कार्यान्वयन नहुदा अव आउने व्यक्तिहरु कहाँ राख्ने भन्ने अन्यौल भएको छ ।

भारतबाट आएका व्यक्ति सिधै गाउँ छिरेपछि अवस्था के होला भन्ने त्रास देखिएको छ । अहिलेसम्म चार सय बढी मानिसहरु जिल्ला आएका र उनिहरु अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लामा, सरस्वति मावि कुडारी र सिता मावि रारालिहीमा रहेका छन् । आइतबार मात्रै जुम्लामा १९ जनामा संक्रमण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप