आज कुन – कुन भूभागमा वर्षाको सम्भावना ?
मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ भने नेपालका पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ ।
महाशाखाका अनुसार हाल देशभरी नै सामान्य बदली भइरहेको छ । देशका प्रदेश ५, गण्डकी, बाग्मती प्रदेशका केही भूभागमा भने वर्षा भइरहेको छ ।
पूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली हुनेछ । यसबाहेकका भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागहरुका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, राति देशको पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानमान गरिएको छ ।
त्यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा राति मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए