शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

सोमबार, १९ जेठ २०७७, ०७ : ३४
सोमबार, १९ जेठ २०७७

काठमाडौं – सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

साथै, क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ ।

अधिवक्ता पुण्यप्रसाद खतिवडा समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप