चीन र अमेरिकाबीच कोसँग छ कति शक्ति ? को कसमाथि भारी ?
सैन्य शक्तिको कुरा गर्ने हो भने आजको मितिसम्म मिलिट्री सुपरपावर देश भनेको अमेरिका मात्रै हो ।
अमेरिकासँग यति शक्ति छ कि यो आफ्नो भूभागभन्दा टाढा पनि जमिन, समुद्र र हावामा ठूलो स्तरमा युद्ध लड्न सक्षम छ । अमेरिकाबाहेक संसारका अन्य कुनै पनि देश यस्तो गर्न कल्पना पनि गर्न सक्दैनन् ।
स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार अमेरिकाले सैन्य शक्तिमाथि वार्षिक ६४९ बिलियन डलर खर्च गरेको छ । यो गत वर्ष ४.६ प्रतिशतभन्दा बढी हो ।
यस्तै, अर्को सुपरपावर देश चीन हो । यसको सैन्य शक्ति खर्च २५० बिलियन डलरको हो । यो गत वर्षभन्दा ५ प्रतिशत बढी हो । गत २४ वर्षदेखि चीनले आफ्नो खर्च लगातार बढाइरहेको छ ।
यसका साथै, अमेरिकाको परमाणु हतियारको भण्डार चीनभन्दा ठूलो छ ।
अमेरिका प्रविधिको मामिलामा पनि चीनभन्दा अगाडि नै छ जसमा इन्टेलिजेन्स, ब्यालेस्टिक मिसाइल र वारप्लेन समावेश छन् ।
अमेरिकाको नेटवर्क पनि निकै बलियो छ । अलाइन्समार्फत् एशियामा र नाटोमार्फत् युरोपमा पनि । चीनसँग यस्तो अलाइन्स नेटवर्क छैन । तर चीनको ‘वन बेल्ट वन रोड’ नामको १२४ बिलियन डलरको प्रोजेक्ट जो एशिया, अफ्रिका, युरोपमा व्यापार र लगानीको उद्देश्यसहित सुरु गरियो, त्यसले अमेरिकालाई निद्राबाट जगायो ।
चीनले साउथ चाइना सीमामा मानव निर्मित टापु बनायो जसका कारण अमेरिकाले खतरा महसुस गर्यो । त्यो इलाकाबाट हरेक वर्ष ५.३ ट्रिलियन डलरको व्यापार हुन्छ ।
चीनले अमेरिकालाई उछिन्नका लागि व्यापार र अर्थव्यवस्थालाई चुनेको छ । कम्तीमा ६५ देशमा चीनले निर्यात गर्ने गर्छ ।
चीनले पनि ट्रम्प सरकालाई शंकाको दृष्टिकोणले हेर्ने गर्छ । चीनले आफूलाई बलियो बनाउन र आफ्नो विकासमा निकै वर्षको मिहिनेत खर्च गरेको छ । चीनले आफ्नो उद्देश्य पूर्तीमा कसैले तगारो हाल्छ भने त्यो अमेरिका मात्रै हुनसक्ने स्विकार गर्दछ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु