शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माननीयहरुसँग ‘विनम्रताका केही शब्द !’

...अन्यथा तपाइँलाई यो माटोले सराप्ने छ, करोडौं नेपालीको अन्तरात्माले सराप्ने छ
सोमबार, १९ जेठ २०७७, ०५ : ३९
सोमबार, १९ जेठ २०७७

मतदान प्रदान गरेर आफ्नो आशाविश्वास सुम्पिँदै सत्ताको निर्णायक तहमा पठाइएका आफ्ना जनप्रतिनिधिसँग आफ्नो मनको बह पोख्न पाउनु पनि हामी आम जनताको अधिकार हो । (माग्न त हामी जनताले ‘नयाँ’ सम्विधानमा प्रत्याह्वानको अधिकार पनि राखिनु पर्छ भन्ने माग राखेका थियौं । छलछाम भयो । पाइएन । मागिएका त अरु पनि धेरै कुरा थिए । यसै त हामी जनताका भग्न हृदयका कथा व्यथा धेरै छन् । देश बाँकी रहन सकेछ  र जनता बाँकी रहन सकेछौं भने बाँकी आकाङ्क्षा पछि पनि पूरा गरौंला ।) आजको यस स्थितिमा आफ्ना पीर मर्का र आसन्न भविष्यमा सम्भावित देखिएका दुर्घटनाबारे समयमै आफू सचेत रहेर आफ्ना प्रतिनिधिसँग सावधानी र आवश्यक रचनात्मक सक्रियताको अपेक्षा गर्नु र त्यसका लागि अनुरोध गर्नु पनि हामी जनताको अधिकार नै हो ।


महामहिम माननीय जनप्रतिनिधि महोदय ! ‘लोकतन्त्र’मा तपाइँको महिमा ‘अपरम्पार’ देखिएको छ । यति ‘अपरम्पार महिमाशाली’ तपाइँ आफ्नो महत्वपूर्ण विवेक बुद्धिलाई एमसीसीको पसलमा बन्धक नराख्नुहोस् । साम्राज्यवादको खलाँती नबन्नुहोस् । स्वाभिमानी नेपालीहरुको लहरमा उभिनुहोस् । कलंङ्कित नबन्नुहोस् ।


प्रतिष्ठाप्राप्त जिम्मेवारीको पदमा बसेका आफ्ना प्रतिनिधि कतै गैरजिम्मेवार त बन्दैछैनन् भन्ने सम्भावना मात्रले पनि सचेत जनता सावधान हुन्छन् र बोल्छन् । समयमा खबरदारी गर्नु जनताको पनि स्वाभाविक जिम्मेवारी हो । यसै जिम्मेवारी अन्तर्गत रहेर हामी भन्दैछौं, महामहिम माननीय जनप्रतिनिधि महोदय ! ‘लोकतन्त्र’मा तपाइँको महिमा ‘अपरम्पार’ देखिएको छ । यति ‘अपरम्पार महिमाशाली’ तपाइँ आफ्नो महत्वपूर्ण विवेक बुद्धिलाई एमसीसीको पसलमा बन्धक नराख्नुहोस् । साम्राज्यवादको खलाँती नबन्नुहोस् । स्वाभिमानी नेपालीहरुको लहरमा उभिनुहोस् । कलंङ्कित नबन्नुहोस् । तपाइँले पाइआएका बेतन, भत्ता ठान मान र शानमा हामी आम नेपाली जनताको रगत् छ , पसिना छ, अनगिन्ती विरह वियोग र क्रन्दनहरु पनि छन् । तपाइँका खाद्य पेयका एक एक गाँस  र घुड्कामा नेपाली जनताको रगत् पसिना छ, आँसु छ । यसै आधारमा पनि तपाइँसँगबाट विवेक बुद्धिको व्यवहार माग्ने हामी जनतासित अधिकार छ ।

नेपालमा जन्मेर नेपालकै उपज अन्नपानी र वायुमण्डलमा हुर्के बढेको मन मस्तिष्क र शरीर लिएर मातृभूमि नेपाल र मातृ–धातृ–समाज नेपालीको भाग्य भविष्य खरानी पार्न अग्रसर रहेको  एम्सीसीको दुश्चक्रमा न फँस्नुहोस् । साम्राज्यवादीका हतियारको कीला काँटा र गोला बारुद नबन्नुहोस् । आफ्नै ममतामयी आमामाथि जघन्य हिँसाकर्ममा सरिक नबन्नुहोस् । विवेक नगुमाउनुहोस् । महामहिम माननीयज्यू, हामीले मतदानबाट प्रदान गरेको सत्ताको तरवार हाम्रै पुर्पुरोमाथि प्रहार नगर्नुहोस् । होस् गर्नुहोस् । पद र पैसा मात्र जीवनको सम्पूर्णता होइन । सन्ततिको ग्रीन–प्रगति आकाङ्क्षा–प्रेरित जुन श्री–सम्पत्ति र सत्तासुखका लागि तपाइँ हरिया नोट र हरिया कार्डको मोहजालमा मोहित बन्दै अल्झनुहुन्छ भने त्यसको प्रतिफल प्रत्युत्पादक हुने निश्चित र्नै छ । तपाइँका लक्षित तपाइँकै सन्ततिले पनि कुनै दिन तपाइँको विवेकहीेनता र मोहान्धताको पहिचान गर्नेछन् र त्यसमाथि थुक्नेछन् । तपाइँकै सन्तानले पनि तपाइँका पक्षमा बहस गर्नेछैनन् ।


ग्रीन डलर र ग्रीन कार्डको मोहजालमा फँसेर मुलुकको स्वाधीनता र सार्वभौमिकताको सवालसँग  खेलबाढ नगर्नुहोस् । सहृदय मन मस्तिष्कले यसको मनन गर्नुहोस् । एम्सीसीजस्तो ‘दावानल’को समर्थन नगर्नुहोस् । कदम उचाल्नुभएको छ भने पनि कृपया रोक्नुहोस् । यो साँच्चिकै दावानल हो । भयङ्कर विनाशको पूर्वतैयारी हो । यसकै प्रावधान नामक सलाइकाँटीहरुमा त्यो सम्भावित दावानल ससन्दर्भ नै पढ्न सकिन्छ । कृपया पढिदिनुहोस् ।


‘महान् महिमाशाली’ माननीय महोदय, तपाइँ अलिकति फुर्सद निकालेर नेपालको इतिहास पढ्नुस् । स्वाभिमानी नेपालीहरुको इतिहास पढ्नुस् । जहिले पनि मानिसका रगत् पिउनुको तिर्खाले छँटाउँदै आएको साम्राज्यवादको इतिहास पढ्नुहोस् । साम्राज्यवादका अन्याय अत्याचारले क्षतविक्षत मुलुक र जनताका इतिहास पढ्नुहोस् । तपाइँले पढ्नुभएको छ भने दोहोर्‍याएर पढ्नुहोस् र ती इतिहासबाट शिक्षा उबाउन भूल नहुने गरी पढ्नुहोस् । अन्यथा नलिनुहोस् यो हामी जनताको मर्म बोलेको होे । निश्छल मुटू बोलेको हो । मर्मको भाषा कदाचित्  किन्चित् कडा पनि हुन सक्छ  । सारमा यो हाम्रो विनम्र अनुरोध हो । ग्रीन डलर र ग्रीन कार्डको मोहजालमा फँसेर मुलुकको स्वाधीनता र सार्वभौमिकताको सवालसँग  खेलबाढ नगर्नुहोस् । सहृदय मन मस्तिष्कले यसको मनन गर्नुहोस् । एम्सीसीजस्तो ‘दावानल’को समर्थन नगर्नुहोस् । कदम उचाल्नुभएको छ भने पनि कृपया रोक्नुहोस् । यो साँच्चिकै दावानल हो । भयङ्कर विनाशको पूर्वतैयारी हो । यसकै प्रावधान नामक सलाइकाँटीहरुमा त्यो सम्भावित दावानल ससन्दर्भ नै पढ्न सकिन्छ । कृपया पढिदिनुहोस् । व्यक्तिगत स्वार्थप्रति आग्रहरहित भएर पढिदिनुहोस् । हरियो नै किन भनौँ, कुनै पनि रङ्गीन चश्मा नलाइकन पढिदिनुहोस् ।

दुईचार ‘शीर्ष नेता’हरुको दिल दिमाग कमिसनका हाँडीमा भुटिएर निष्क्रिय भएका पनि हुनसक्छन् । इतिहासमा त्यस्ता दुर्घटना भएका छन् । आज पनि हुन सक्छन् । (पर्याप्त आशङ्का उपस्थित छ !) विचारका खापा खोलेर हेर्दा स्पष्ट निक्र्यौल गरेरै भन्न सकिन्छ, नेता त समाजको आँखा हो । राजनेता त अझ देश र आम जनताकै आँखा हो । दूरदर्र्शी आँखा हो । नेता शब्दमाथि एकछिन घोत्लिएर सोच्नुहोस् त ! नेता र नयन एउटै मूलधातुबाट बनिने शब्दहरु हुन् । नयति इति नेता अर्थात् जसले जनतालाई लिएर उन्नति प्रगतिको पथप्रदर्शन गराउँदै अघि अघि हिँड्छ, त्यो नेता । नेता अर्थात् अग्रगमनको मार्गद्रष्टा । नेताले द्रष्टा ह्नै पर्छ ।   वर्तमान द्रष्टा । भविष्यद्रष्टा । द्रष्टा भएर मात्र पुग्दैन मुलुकका भाग्य भविष्यको सृजेता पनि हुनु पर्छ, स्रष्टा पनि हुनु पर्छ नेताले ।

आँखा अर्थात् विवेकदृष्टि नै पनि वैयक्तिक, पारिवारिक स्वार्थका निमित्त बन्धक राख्छन् भने त्यस्ता  नेता के नेता ? ती त्यस्ता बिचरा दृष्टिहीन ‘शीर्ष’ नेताहरुका मोहजालमा पर्नुबाट जोगिनुहोस् । तीभन्दा तपाइँ धेरै ‘सम्भावनाशील’ हुनुहुन्छ । तपाइँमाथि अझै पनि जनताका ‘आशा’ मरेका छैनन् । जनताका बाँकी आशाप्रति ‘सम्वेदनशील’ भइदिनुहोस् । यो ‘एम्सीसी नामक दुष्चक्र’प्रतिको तपाइँको एक समर्थनले नेपाल र नेपालीको भाग्य भविष्यमा डढेलो लाग्न सक्छ । तपाइँको असमर्थनले मुलुकको भाग्यभविष्य ‘दुर्घटनामा पर्नुबाट जोगिन’ सक्छ । मुलुक र मुलुकबासीको भाग्यभविष्यमा आगो नझोस्नुहोस् । एक जिम्मेवार जनप्रतिनिधिका तहमा आम जनताप्रति दायित्वशील भइदिनुहोस् ।


आँखा अर्थात् विवेकदृष्टि नै पनि वैयक्तिक, पारिवारिक स्वार्थका निमित्त बन्धक राख्छन् भने त्यस्ता  नेता के नेता ? ती त्यस्ता बिचरा दृष्टिहीन ‘शीर्ष’ नेताहरुका मोहजालमा पर्नुबाट जोगिनुहोस् । तीभन्दा तपाइँ धेरै ‘सम्भावनाशील’ हुनुहुन्छ । तपाइँमाथि अझै पनि जनताका ‘आशा’ मरेका छैनन् । जनताका बाँकी आशाप्रति ‘सम्वेदनशील’ भइदिनुहोस् ।


हामी दोहोर्‍याएर, तेहेर्‍याएर भन्छौँ, एम्सीसीबाट नेपाल र नेपालीको भलो हुँदैन । किमार्थ हुँदैन । भलो हुन्छ कि भन्ने भ्रम छ भने यस भ्रमबाट मुक्त हुनुहोस् । यस्ता भ्रमहरु विचार र विवेकमा भरिएका साम्राज्यवादी प्रदूषण मात्र हुन सक्छन् । यसबाट मुक्त हुनुहोस् । होस् गर्नुहोस्, तपाइँको एउटा गल्तीले मुलुकको सर्वनाश निम्तिन सक्छ । तपाइँको एउटै होसले मुलुकको एम्सीसी ‘खड्गो’ टर्न सक्छ । सर्वनाश हुनुबाट मुलुक जोगिन सक्छ ।

आज तपाइँ एक महत्वपूर्ण बिन्दुमा उभिनुभएको छ । निर्णायक बिन्दुमा उभिनुभएको छ । त्यसैले हामी जनताले  तपाइँलाई ‘महामहिम माननीय महोदय’ जस्ता शब्दले सम्बोधन गरेको छौँ । शब्दको पनि इज्जत रहन दिनुहोस् । हामी पुनः भन्छौं— तमाम विकृति विसङ्गतिका बाबजूद तपाइँमाथि जनताको आशा धेर थोर अझै जीवित छ । जनतालाई निराश नबनाउनुहोस् । जनतालाई निराश बनाउनु भनेको सत्तामा ‘प्रलयलाई आमन्त्रण’ गर्नु पनि हो । यो यथार्थलार्ई पनि नबिर्सने गरी सम्झनामा गाँठो पारेर राख्नुहोस् ।

यस पत्रको बीट मार्नुअघि एक पटक हामी पुनः जोड दिएर भन्छौँ,— हे सत्तासीन माननीय महोदय, देशभक्त र बहादुर पुर्खाको परम्परागत आदर्श नबिर्सनुहोस् । स्वाभिमानी विगत नबिर्सनुहोस् । अन्यथा तपाइँलाई यो माटोले सराप्ने छ । करोडौं नेपालीको अन्तरात्माले सराप्ने छ । तपाइँको आत्माले कहीँ कतै शान्ति पाउने छैन । कृपया होस् गर्नुहोस् । जय देश । जय जनता ।

(म तपाइँलाई भेटेरै पनि यी कुरा भन्न सक्थेँ । यो मेरो मात्र सल्लाह सुझाव नभएर जनता सबैको आवाज भएको हुँदा यसरी लेखेरै भनेको छु । —लेखक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप