शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दैछन् दक्षिण एसियामा कोरोनाका सक्रिय संक्रमित- भारत विश्वकै चौथो, पाकिस्तान १० र बंगलादेश ११ औं स्थानमा

आइतबार, १८ जेठ २०७७, २२ : ३४
आइतबार, १८ जेठ २०७७

एजेन्सी । भारतसहित समग्र दक्षिण एशियामा कोरोनाका नयाँ संक्रमितको संख्या तिव्र रुपमा बढेको छ । सक्रिय संक्रमणमा फ्रान्सलाई उछिनेर भारत विश्वकै चौथो स्थानमा आइपुगेको छ । यहाँ ९२ हजार २ सय ४४ जनामा सक्रिय संक्रमण छ । सक्रिय संक्रमित, निको भएका र मृतकको संख्या समेत जोड्दा भारतको कूल संक्रमित संख्या १ लाख ८६ हजार ३ सय २१ हुन्छ । यसमध्ये  ८८ हजार ८ सय ८ जना निको भएका छन् भने ५ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

यी देश शीर्ष तीनमा 
पछिल्लो आँकडाअनुसार सबैभन्दा धेरै बिरामी अमेरिकामा छन् ।  यहाँ ११ लाख ७८ हजार ७ सय ७९ जना सक्रिय संक्रमित अर्थात् बिरामी अवस्थामा छन् । कूल १८ लाख १९ हजार ७ सय ९२ मा कोरोना देखिएकोमा ५ लाख ९२ हजार २ सय ४४ जना उपचारपछि ठिक भएका छन् भने  १ लाख ५ हजार ६ सय ३४ को मृत्यु भएको छ । 


दोस्रो स्थानमा ब्राजिल छ । यहाँ २ लाख ६७ हजार ७ सय ४२ जना सक्रिय संक्रमित छन् । कूल ५ लाख १ हजार ९ सय ८५ जनामा संक्रमण देखिकोमा २ लाख ५ हजार ३ सय ७१ जना निको भए, २८ हजार ८ सय ७२ जनाको मृत्यु भयो ।  तेस्रो स्थानमा रुस आउँछ । जहाँ २ लाख २९ हजार २ सय ६७ जनामा संक्रमण छ । कूल ४ लाख ५ हजार ८ सय ४३ संक्रमितमध्ये १ लाख ७१ हजार ८ सय ८३ जना निको भए, ४ हजार ६ सय ९३ जनाको मृत्यु भयो । 

पाकिस्तान शीर्ष १० मा 

दक्षिण एशियाकै अर्को राष्ट्र पाकिस्तान पनि सक्रिय संक्रमित संख्यामा शीर्ष १० मा आइपुगेको छ । पाकिस्तानमा सक्रिय संक्रमित ४२ हजार ७ सय ४२ छन् । कूल ६९ हजार ४ सय ९६ जनामा संक्रमण देखिएकोमा २५ हजार २ सय ७१ जना निको भए, १ हजार ४ सय ८३ जनाको मृत्यु भयो ।

सक्रिय संक्रमित संख्यामा एघारौं स्थानमा बंगलादेश छ । यहाँ, ३६ हजार ७ सय २२ जनामा सक्रिय संक्रमण छ । कूल ४७ हजार १ सय ८३ जनामा  कोरोना देखिएकोमा ९ हजार ७ सय ८१ जना निको भए, ६ सय ५० जनाको मृत्यु भयो ।

नेपालमा संक्रमित थपिँदैं 
नेपालमा पनि कोरोना भाइरसका संक्रमित थपिदैंछन् । आइतबार १ सय ६६ जनामा संक्रमण देखिएसँगै कूल संक्रमितको संख्या १ हजार ५ सय ७२ पुगेको छ । यसमध्ये २ सय २० जना निको भएका छन् भने ८ जनाको मृत्यु भयो । १ हजार ३ सय ४४ जना अहिले पनि बिरामी अवस्थामा छन् । 

विश्वभर कोरोना संक्रमितको  कूल संख्या ६२ लाख २ सय ४ छ । यसमध्ये २७ लाख ६१ हजार ८ सय ८७ जना निको भए । ३ लाख ७१ हजार ७ सय ४७ जनाको मृत्यु भयो । पछिल्लो आँकडाअनुसार ३० लाख ६६ हजार ५ सय ७० जना बिरामी अवस्थामा छ ।  स्रोत- वल्र्डोमिटर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप