बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा खान नपाउँदा गाउँपालिका घेराउ

आइतबार, १८ जेठ २०७७, २१ : ५२
आइतबार, १८ जेठ २०७७

दैलेख । दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले आज साँझ गाउँपालिका घेरेका छन् । 

भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै आएका छन् । 

क्वारेन्टिनमा रहनुभएका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले  नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको  जिकिर गरे । 


गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले  खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टिनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप