बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २५ पुग्यो

आइतबार, १८ जेठ २०७७, २० : २३
आइतबार, १८ जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित २५ पुगेका छन् । पिसिआर बिधिवाट ५ हजार ६८० जनाको स्वाब परीक्षण गर्दा यो प्रदेशमा कोभिड - १९ सक्रमित २५ पुगेका हुन् । 

आज धनगढी उप महानगरपालिका ४७ का १ जना पुरुष , कैलाली भजनी नगरपालिका २३ का १ जना पुरुष, जानकी गाउपालिकाका ३४ का १ जना पुरुष, बाजुरा बढिगंगा नगरपालिकाका २३ का १ जना महिला र २ वर्षीया बालिका गरी ५ जना कोभिड १९ का संक्रमित पुष्टि भएपछि  प्रदेशमा सक्रमितको संख्या २५ पुगेको सामाजिक विकास मनत्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्री ले रातोपाटी लाई जानकारी दिए । 

यस अघि नै ५ जना संक्रमित भने निको भइगइसकेको उनले बताए । उनले अझै पिसिआर बिधिबाट जाच गरिएका ६१६ जनाको स्वाब परिक्षण्को नतिजा आउन बाँकी रहेको उनले बताए ।

त्यसै गरी आरडिटी विधिबाट  परिक्षण गरिएका ४३ जनामा पोजिटिभ छ । उनीहरुको पिसिआर विधिवाट जाच भइरहेको र स्वाब नमुना को रिजल्ट आउन वाकी रहेको उनले बताए । 

आजै बाजुरा जिल्ला बढिगंगा नगरपालिका २ वर्षीया वालिकाको मृत्यु भएको छ । उनी कोभिड - १९ संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

३८१५९ जना पुरुष र ५५०३ जना महिला क्वारेन्टिनमा बसेको बताइएको छ । कोभिड- १९ को आशंकामा २७ जनको विभिन्न अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । हाल सम्म प्रदेशमा २२३०६ जनाको आरडिटी विधिबाट परिक्षण गरेको र २२१८२ जनाको नेगेटिभ आएको उनले बताए । 

त्यस अवधिमा १२४ जनाको रिजल्ट पोजिटिभ देखिएको उनले बताए । पिसिआर विधिबाट जाच गर्दा ८१ जनामा नेगेटिभ छ भने बाँकी ४३ जना पोजिटिभको पिसिआर विधिवाट जाच भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप