शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हातपात भएको भन्दै डाक्टरद्वारा विरोध प्रदर्शन

आइतबार, १८ जेठ २०७७, १८ : २९
आइतबार, १८ जेठ २०७७

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरमा उपचार क्रममा एक जना बिरामीको मृत्युपछि डाक्टरलाई हातपात गरेको भन्दै आइतबार डाक्टर तथा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।

अस्पताल परिसरभित्रै प्ले कार्ड प्रदर्शन गर्दै डाक्टरहरु तथा स्वास्थ्यकर्मीहरुको एक समूहले प्रादेशिक अस्पतालमा प्रोटेस्ट गरेका हुन् ।

जेठ १४ गते नेपाल मेडिकल कलेजमा ६४ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारजनले डाक्टरमाथि आरोप लगाउँदँ उपचारमा संलग्न डाक्टरलाई गालीगलौज गर्दै हातपात गरेको थियो ।

डाक्टरहरुले हातपात गर्नेलाई कारबाही गर्नुपर्ने, सुरक्षाको प्रत्याभूति हुनपर्ने माग गर्दै सो घटनाको विरोधमा प्रदर्शन गरेका हुन् ।

डा. सञ्जय यादव, डा. अमित गिरी र डा. सज्जन ठाकुरलगायत चिकित्सकहरु विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रेका डाक्टरहरुले अहिले कोरोना संक्रमणको बेलामा उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीको अनिवार्य स्वास्थ्य बीमा र निःशुल्क स्वास्थ्य चेकजाँचको प्रबन्ध मिलाउन समेत माग रहेको डा. सञ्जय यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप