शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सात प्रतिशत आर्थिक बृद्धि भए राजनीति त्याग्ने जितेन्द्र देवको घोषणा

आइतबार, १८ जेठ २०७७, १८ : ०३
आइतबार, १८ जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक बृद्धि हासिल गर्न सरकारलाई चुनौती दिएका छन् ।  राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक बृद्धि भए राजनीति नै त्याग्ने घोषणा समेत गरे ।

‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउने हो । आर्थिक पुनरउत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो मेरो चुनौति छसरकार र अर्थमन्त्रीलाई यदि ७ प्रतिशतको जिडिपीको ग्रोथ रेट २०७७/०७८ मा भयो भने म राजनीति छोडिदिन्छु’ देवको चुनौति छ ।

उनले बजेट कुन वर्षका लागि आएको हो भन्दै प्रश्न समेत गरे । ‘यो समाजको सुकिला मुकिलाहरुको मात्रै बजेट हो की, यो समाजको सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो की यो समाजमा मुस्ताङी स्याउजस्तो रातो रातो गाला भएको हरुको मात्रै बजेट हो की ?,’ उनको भनाई छ ।

बजेटमा सिमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको भन्दै धेरै ठाउँमा जनताहरु खाना नपाएर भोकले ज्यान गुमाउनु परेको उनले बताए । ‘लकडाउनका कारण आज सप्तरी जिल्लामा मलर सदाले खान नपाएर भोकभोकै प्राण त्याग ग¥यो । खान नपाएर भोक भोकै कीर्तिपुरको रोडमा सुर्यवहादुर तामाङ नाम्लो र डोको छातिमा राखेर प्राण त्याग ग¥यो । आज हजारौं लाखौं मलर सदा र सुर्यवहादुर तामाङ यो मुलुकमा छन् । त्यसको लागि राहत, त्यसको लागि सहयोग, त्यसको लागि बजेट खोई ? कहाँ बजेट विनियोजन भएको छ त्यसको लागि । के त्यसको लागि बजेट विनियोजन हुनु हुँदैन थियो ?’ देवको भनाई छ । 

उनले गरिबमारा बजेट ल्याएको आरोप लगाउँदै लकडाउनको कारण आपूर्ति शून्य भएकाले कालोबजारी र विचौलियाको संख्या बढे पनि अभाव तथा महंगीलाई रोक्ने खालको बजेट नआएकोमा आपत्ति जनाए । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएकोमा देवको आपत्ति थियो । कृषि क्षेत्रमा गत वर्षभन्दा केही बजेट बढाइएको भएपनि मलखादमा ५ प्रतिशत र बीउ बिजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप