बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संविधान संशोधन प्रस्तावबारे जसपा नेपाल छलफलमा

आइतबार, १८ जेठ २०७७, १७ : ३२
आइतबार, १८ जेठ २०७७

काठमाडौं । सरकारले संविधानलाई संशोधनका लागि लगेको विद्येयक संसदमा पेस भएपछि जनता समाजवादी पार्टी नेपाल पनि अर्को संशोधन विधेयक दर्ता गराउन छलफलमा जुटेको छ ।  सिंहदरवारस्थित तत्कालिन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा संशोधन विधेयक दर्ता गराउने विषयमा छलफल चलिरहेको छ ।

सो पार्टीका नेताहरु शुक्रबार तत्कालिन राजपा नेपालकै तर्फबाट संविधान संशोधनको विधेयक दर्ता गराउन संसद सचिवालयमा पुगेका थिए ।  तर सभामुख अग्नी सापकोटासँग छलफल गर्नुपर्ने भन्दै संसद सचिवालयका पदाधिकारीले नेताहरुलाई फर्काएका थिए । शुक्रबार पनि तत्कालिन समाजवादी पार्टीका सांसदहरु संसद सचिवालय पुगेका थिए तर पार्टीका शीर्ष तहका नेताहरुलाई त्यहाँ नदेखेपछि उनीहरु फर्केका थिए ।

आज तत्कालिन दुवै पार्टीका नेताको बीचमा छलफल चलिरहेको छ । तत्कालिन राजपा नेपालले लगेको संविधान संशोधन प्रस्तावमा तत्कालिन समाजवादी पार्टीबाट पनि केही बुँदा थपिने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए । सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा मतदान गर्ने कि नगर्ने विषयमा पनि जसपा नेपालले छलफल गरिरहेको छ ।

हिजो बसेको तत्कालिन राजपा नेपालको संसदीय दलको बैठकले सरकारले नेतृत्व गरेको नेकपाले आफूहरुले माग गरेको विषयमा संविधान संशोधन गर्न सहयोग नगरे आफूहरुले पनि सरकारको प्रस्तावमा सहयोग नगर्ने निर्णय गरेको थियो । तर त्यस विषयमा तत्कालिन समाजवादी पार्टीका नेताहरु मौन थिए । आज यो विषयमा पनि दुई दलको विषयमा छलफल भइरहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप