शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्री लालीगुराँसद्धारा  ऋण लिएका सदस्यलाई छुट सुविधा

आइतबार, १८ जेठ २०७७, १४ : ००
आइतबार, १८ जेठ २०७७

ललितपुर । पुल्चोकस्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण माहामारीको रुपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाइ यस्तो सुविधा उपलब्ध गराउन लागेको हो ।

संस्थाले असार मशान्तसम्म सो सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यवहारिक रुपमा ब्याज तिर्न सहज हुन सकोस् भन्ने उद्देश्यले सुविधा दिएको बताए । 

संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशत भन्दा बढी ब्याज चुक्ता गरेमा ३ प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने, भुक्तानी गर्न बाँकी हर्जना रकममा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ । 

विश्वब्यापी महामाहारीको रुपमा फैलिएको कोरोना भाइरसले पारेको असरलाई मध्य नजर गर्दै संस्थाले ऋण लिने सदस्यलाई छुटको व्यवस्था गरेको हो । नेपालको उत्कृष्ट सहकारीको रुपमा रहेको संस्थाले गरेको पहिलो निर्णय गर्ने संस्थाको रुपमा रहेको छ । 

संस्थाको ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल, र न्युरोड, भक्तपुरको कौशलटार र पर्सा चितवनको खैरहनी गरी ५ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।
  
यसैबीच संस्थाले आफ्ना पुल्चोक स्थित मुख्य कार्यालय सहित ५ सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ । 

संस्थाको चापागाउँ, चाबहिल, कौशलटार, पर्सा चितवन र न्युरोडका सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको बीमा गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिए । 

सरकारले ल्याएको कोरोना बीमा अन्तर्गत प्रति ब्यक्ति एक लाख रुपियाको रहेको छ । पि.सि.आर. परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमित बीमा गरेको रकम पाउने भएका छन् । संस्थाको मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा १ सय १८ जना कर्मचारी र सुरक्षा गार्डहरु कार्यरत रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप