शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के बेकारमा ३ घण्टा बजेट भाषण गर्ने, २ महिना लकडाउन भइसक्यो: राजेन्द्र महतो

आइतबार, १८ जेठ २०७७, १३ : १६
आइतबार, १८ जेठ २०७७

काठमाडौं । जनता समाजवादीका नेता राजेन्द्र महतोले राज्यको चरित्रअनुसार बजेट पनि त्यस्तै आएको बताएका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले जारी गरेको आगामी आर्थिक वर्षको बजेटमाथि बोल्दै उनले जनता उत्साहित गर्ने बजेट नभएको उल्लेख गरे । 

शासक वर्ग छोडेर आमजनता बजेटबाट कति उत्साहित छ त्यो महत्वपूर्ण रहने बताउँदै हरेक वर्ष जनता उत्साहित हुन नसकेको बताए ।  बजेट निराशाजनक भएकोले के टिप्पणी गर्ने भन्दै प्रश्न गरे । राज्यविहिन र राष्ट्रियता नभएका, सिमान्तकृतहरुलाई पछाडि पार्ने गरी बजेट आएको बताए । शासन पक्षका लागि बजेट ल्याएको भन्दै औपनिवेशिक मान्यताको बजेट भएको उनको भनाई थियो । 

विगत ५ सय वर्षदेखि औपनिवेशिक मान्यतामा बजेट आएको उनको दावी थियो ।  आफूलाई दाता र अरुलाई बक्सिस दिने हिसाबले बजेट बनाउने गरेको बताउँदै उनले नेपाली जनता यसको शिकार भएको बताए ।  राज्यको चरित्रअनुसार उसले कानून बनाउने, संविधान बनाउने, बजेट ल्याउने बताउँदै मधेशी, जनजाती, थारु पीडित भएर बस्नुपर्ने र अल्पसंख्यक शासक भएरले दान दिएजस्तो बजेट दिने गरेको नेता महतोले बताए । 

कोरोना संक्रमणका बेला जनताको स्वास्थ्य कसरी रक्षा गर्न सकिन्छ बजेटमा त्यस्तो केही नभएको उल्लेख गरे । लकडाउन भएको २ महिना भएको, जनताले खान नपाएको बेला जनताप्रतिको दायित्व पूरा नगरी ३ घण्टा बजेट भाषण गरेर के हुन्छ भन्दै उनले प्रश्न गरे । 

बजेट भाषणमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भनेपनि जनताहरु भोकले मरिरहेको उनले बताए । सप्तरीको टोमलाल मुसहर, धादिङको सुर्यबहादुर तामाङ, धनुषाको वीरेन्द्र यादव भोकै मरेको भन्दै सरकारको अलिकति पनि नैतिकता नभएको बताए । उनले मोरङमा एक सुत्केरी महिना भोकै परेर बिरामी भएको उदाहरण उनले दिए । 

उनले ८९ प्रतिशत बजेट केन्द्रमा राखेको भन्दै कसरी संघीयता बलियो हुन्छ भन्दै प्रश्न गरे । उनले तराइको जमिन मरुभूभी हुन लागेको, वन सखाप पारिएको, ३० लाख मानिस पहाडबाट तराईमा राखिएको भन्दै आलोचना गरे । उनले कोरोना भाइरसको त्रासका बीच सरकारले सुकुम्बासी आयोग गठन गरेकोमा विरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप