शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडाको वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोनाविरुद्धको खोप तयार भएको जिकिर

आइतबार, १८ जेठ २०७७, १२ : २२
आइतबार, १८ जेठ २०७७

हेटौँडा – हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ ।  

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले  आफूले ६४ दिनको मेहनतपछि   सो खोप  तयार गरेको जिकिर गरेका छन्  । 

वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा. दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन्  । 

सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट  खोप पूर्णरुपमा तयार भएको  जिकिर गर्दै डा दासले यसलाई परीक्षण प्रक्रियामा  लगिने जानकारी दिए  । 

एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए  ।   

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी  गरेका डा. दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट  निर्माण गरिएको हो  ।   

केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति  लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको  हो । 

‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि  पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरे  ।   

कलेजका प्रा दामोदर गैरेले पनि डा. दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप  सहयोगी हुने विचार व्यक्त गरे  । 

यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह  छ  ।  सङ्घीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप