बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा १५ लाखको गुट्खासहित ट्रक बरामद

आइतबार, १८ जेठ २०७७, १२ : १३
आइतबार, १८ जेठ २०७७

रौतहट – रौतहट प्रहरीले १५ लाख मुल्य बराबरको गुट्खासहित एउटा ट्रक  बरामद गरेको छ ।

जिल्ला सदरमुकाम गौर स्थित तैयब नसिंंगहोम अगाडी बाट लु २ ख नम्बरको ट्रकसहित १५ लाख मूल्य बराबरको गुट्खा बरामद गरेको हो ।

खाद्यान्न ढुआनीको ब्यानर लगाएर कपिलबस्तुको चन्द्रौटाबाट ल्याएर गोदाममा राख्न लगिरहेको क्रममा विशेष सूचनाको आधरमा पानकिंग गुट्खासहितको ट्रक बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी रबीराज खड्काले बताएका छन् ।

गुट्खाका साथै ट्रक चालक गणेश गैरे पनि नियन्त्रणमा रहेको एसपी खड्काले जानकारी दिए ।

बरामद गुट्खा स्थानीय ब्यापारी अरुण अग्रवालको रहेको र आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

लकडाउनको अवधिमा ब्यापारी अग्रवालले पटक–पटक बिभिन्न ठाँउबाट खाद्यान्नसंगै गुट्खा लगायत प्रतिबन्धित सामान लयाएर गौरमा बढी भाउमा बिक्री गर्दै आएको सूचना आईरहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप