बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले आत्महत्या बढायो : लालबाबु पण्डित

आइतबार, १८ जेठ २०७७, १२ : १०
आइतबार, १८ जेठ २०७७

काठमाडौं । नेकपा सांसद लालबाबु पण्डितले लम्बिदो लकडाउनका कारण कोरोनाबाट ज्यान गुमाउने भन्दा पनि आत्महत्या गर्ने दशौंगुणा बढी रहेको बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यसबारमा संघीय सरकारको ध्यानाकर्षण गराँउदै स्थानीय तहमा उचीत क्वारेन्टाइन नभएको बताए । यसका लागि संघीय सरकारले बजेट उपलब्ध गराउन आग्रह गरे ।  

शून्य समयमा बोल्दै अर्का सांसद विनाकुमारी श्रेष्ठले लिम्पियाधुरा सहित जारी नेपालको नक्सा कायम गर्ने, संविधान संसोधन कार्यमा नेपाली कांग्रेसले पनि समर्थन गरेर राष्ट्रिय एकता कायम गरेकोमा धन्यवाद दिइन् । उनले रुकुम पश्चिममा भएको जातीय घटनाको छानविन गर्न पनि माग गरिन् । 

यस्तै सांसद शशी श्रेष्ठले आज लकडाउनको ६९ दिन पुगेको बताउँदै जनताले कठिन समस्या भोग्नुपरेको बताइन् । उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निश्चित दुरी कायम गरी लकडाउन खुकुलो बनाई जनजीवन सहज र व्यवस्थित गर्न माग गरिन् । लकडाउनले अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकोले आत्मनिर्भर बन्न उत्पादन बढाउने र बिचौलिया समस्या समाधान गर्ने कुरामा जोड दिइन् । 

सांसद शान्ता चौधरीले रुकुममा प्रेमकै कारण मृत्युवरण गर्नु दुःखद कुरा रहेको बताउँदै  अझ जातका आधारमा हत्या हुन दुःखद भएको बताइन् । उनले अपराधन जन्य घटनाका दोषीलाई कारवाही गर्न पनि माग गरिन् । 

अर्का सांसद शान्तिमाया तामाङले जातीयताका कारणले रुकुममा भएको घटना दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कारवाही गर्न माग गरिन् । उनले लिम्पियाधुराको विषयमा राष्ट्रिय सहमति बनाएकोमा नेपाली कांग्रेसलाई धन्यवाद समेत दिन् । 

सत्यनारायण शर्मा खनालले कोरोनाले विश्वलाई ढाक्दा समेत नेपालमा औषधीको व्यवस्था नभएको बताउँदै विदेशबाट आएकालाई बिना जाँच गाँउ पठाउने काम भएको बताए । किसानले बाली लगाउने बेला भएपनि मल बिउको ब्यउव्या नगरी सरकार मादलको धुनमा रमाएको भन्दै व्यङ्ग्य गरे । 

अर्का सांसद विरोध खतिवडाले भारतले लिपुलेकमा भारतले सडक सिल्यान्यास गरेको नभई उद्घाटन गरेको बताउँदै अब त्यहाँ होटल रिर्सोटहरु खुल्ने, भारतको रुट परमिटमा सवारी साधन चल्ने भएकोले नेपालले कुटनीतिक माध्यमबाट यसलाई तुरुन्त रोक्नु माग गरे ।

सांसद सुरेन्द्र कार्कीले अलैची प्रतिकिलो १ लाख ३० हजार भएकोमा अहिले ४० हजारमा झरेको र भारतले नेपाली चिया अलैचीमा प्रतिवन्ध लगाएको बताए । उनले नेपालका कृषकको जीवनस्तर उकास्नका लागि तेश्रो देशमा व्यापारको व्यवस्था मिलाउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप