शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट फर्केका बालकको क्वारेन्टाइनमा मृत्यु

आइतबार, १८ जेठ २०७७, ०९ : ३७
आइतबार, १८ जेठ २०७७

डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् ।

शनिबार राती १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले क्वारेन्टाइनमा राखिएको ६ वर्षीय बालकको मृत्यु भएको पुष्टि गरे । आमाबाबुसँगै ती बालक केही दिनअघि भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा आएको न्यौपाले बताए ।  

शनिबार राति अचानक बालक बिरामी भएपछि अस्पताल लैजाँदै गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीको दावी छ । क्वारेन्टाइनमा मृत्यु भएका बालकको स्वाब संकलन गरी आजै पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप