शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बहिनीलाई कोरोनाभाइरसबाट जोगाउन अक्षय कुमारले बुक गरे पूरा फ्लाइट

आइतबार, १८ जेठ २०७७, ०८ : ३९
आइतबार, १८ जेठ २०७७

कोरोना भाइरसको संक्रमणका कारण संसारका विभिन्न देश झैं भारत पनि लकडाउनको स्थितीमा छ जसका कारण धेरै मानिसहरु आफ्नो घरभन्दा टाढा फसेका पनि छन् ।

यस्तो कठिन समयमा जोकोही पनि आफ्नो घर र परिवार भएठाउँ पुग्न चाहन्छन् । यसका लागि थुप्रै फिल्मी कलाकार मद्दतमा उत्रिएका छन् । यस्तै, थुप्रैलाई मद्दत गरिसकेका बलिउड नायक अक्षय कुमारले पनि आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउा पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ ।

विमानमा चारजना यात्राः

कोरोनाभाइरसको क्रममा अक्षय कुमार कुनै चुनौती मोल्न चाहँदैनथे तसर्थ उनले पूरा फ्लाइट नै बुक गरिदिए । मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा चारजना मात्रै सवार भएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ । यसमा अल्का भाटियो, उनका दुई सन्तान र उनकी सहयोगी समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप