
मेस्सी र रोनाल्डोलाई उछिन्दै फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुग्ने पहिलो टेनिस खेलाडी बनेका छन् । गत वर्षको तुलनामा ३८ वर्षीय फेडेरर चार स्थानमाथि उक्लिदै शीर्ष स्थानमा रहन सफल भएका हुन् ।
उनले गत वर्ष ८६.२ मिलियन पाउन्ड कमाइ गरे । यसमध्ये ८१ मिलियन पाउन्ड उनले इन्डोर्समेन्टबाट नै आम्दानी गरेका थिए । कोरोनाभाइरसको महामारीका कारण फुटबल खेलाडीहरुले तलबमा कटौती गरेपछि फेडरर शीर्ष स्थानमा उक्लन सफल भएको फोर्ब्सले जनाएको छ ।
यो सूचीको शीर्ष पाँचमा क्रमशः फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो (८५ मिलियन पाउन्ड), मेस्सी (८४ मिलियन पाउन्ड), नेयमार (७७.५ मिलियन पाउन्ड) र बास्केटबल खेलाडी लेब्रोन जेम्स (७१.५ मिलियन पाउन्ड) रहेका छन् ।
त्यसपछि शीर्ष १० मा क्रमशः स्टेफेन करी, केभिन डुरान्ट, टाइगर वुड्स, किर्क कजिन्स र कार्सन वेन्टज रहेका छन् ।
यता, महिला खेलाडीको सूचीमा जापानी टेनिस खेलाडी नाओमी ओसाका रहेकी छिन् । पूर्ण सूचीमा उनी २९ औँ स्थानमा रहेकी छिन् । ओसाकाले चार वर्षदेखि यो स्थानमा कब्जा जमाउँदै आएकी सेरेना विलियम्सको अधिपत्य अन्त्य गरेकी हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ