शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको पुल वर्षौंदेखि भारतीय कब्जामा

आइतबार, १८ जेठ २०७७, ०७ : ३५
आइतबार, १८ जेठ २०७७

काठमाडौं – वीरगन्ज–ठोरी हुलाकी सडकखण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलामा निर्माण सम्पन्न भएको ठुटेखोला पुललाई वर्षौंदेखि भारतीय पक्षले सञ्चालनमा अवरोध गर्दै नियन्त्रणमा राख्दै आएको छ ।

करिब तीन वर्षअघि निर्माण सम्पन्न भए पनि भारततर्फ सिँचाइका लागि पानी लैजान बनाइएको कुलोमा अवरोध हुने भएपछि भारतीय पक्षले अवरोध गर्दै आइरहेको हो । 

नेपाल– भारत सीमा क्षेत्रमा पर्ने पिल्लर रहेको स्थानबाट दशगजा छाडेर करिब ५० मिटरपर नेपाली भुमिमै पुल निर्माण गरिएको छ । तर, वर्षौंदेखि भारतीय पक्षले सो स्थानमा कुलोकै निहुँमा कब्जा जमाउँदै आइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप