बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबार संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेस हुने, यस्तो छ कार्यसूची

शनिबार, १७ जेठ २०७७, २१ : २३
शनिबार, १७ जेठ २०७७

काठमाडौं । सरकारले आइतबार संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्ने भएको छ । संघीय संसद सचिवालले आइतबार बस्ने प्रतिनिनिधि सभा बैठकको कार्यसूची निकालेको छ । 

आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा।शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् । 

यसअघि सरकारले गत जेठ १४ गतेको बैठकमा संविधान संसोधन विधेयक पेश गर्न खोजेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्नका लागि समय मागेका थिए । शनिवार बसेको कांग्रेस केन्द्रीय समितिले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावको पक्षमा रहने निर्णय गर्दै आफ्ना सांसदहरुलाई पनि सोही अनुसार निर्देशन दिएको छ । 

सरकारले भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि संविधानको धारा ९ को उपधारा २ अन्तर्गत रहेको अनुसूचि ३ मा व्यवस्था भएको नेपालको निशान छापबारे संशोधन गर्न लागिएको हो । संविधान संशोधनपछि निशान छापमा रहेको पुरानो नेपालको नक्साका ठाउँमा नयाँ नक्सा अध्यावधिक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप