मृतक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा त्रास बढ्यो
दैलेख । क्वारेन्टाइनमा मृत्यु भएका दुल्लु–११ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै दैलेखको दुल्लुस्थित विद्युत कार्यालयलाई चारैतिरबाट बन्द गरिएको छ ।
दैलेखको दुल्लुस्थित अन्य क्षेत्र र क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन थप सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर विद्युत कार्यालय बन्द गराएको इलाका प्रशासन कार्यालय दुल्लुका कायममुकायम शाखा अधिकृत रमेश खनालले जानकारी दिए ।
खनालका अनुसार कोरोना संक्रमितको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख छ ।
मृत्युको कारण पिसिआर रिपोर्ट पोजेटिभ भएकाले सोहीअनुसार अन्त्येष्टि गरिएको उनले बताए । कोरोनाबाट मृत्यु भएका युवकको दुल्लु नगरपालिकाको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अन्त्येष्टी गरेको हो ।
पीसीआर रिपोर्ट नआउँदासम्म शनिबार दिनभर ती युवकको शव क्वारेन्टाइनमै राखिएको थियो ।
ती युवक ७ जेठमा ७९ जना नेपाली साथीसहित भारतबाट नेपाल आएका थिए । भारतबाट आएका कारण उनीसहितको टोलीलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा बस्दै आएका ती युवक शनिबार बिहान चिया र विस्कुट खाएपछि ढलेका थिए । थोरै वान्ता गरेलगत्तै ती युवकको अचानक मृत्यु भएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे ।
उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । संकलित स्वावको पीसीआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएको हो ।
क्वारेन्टाइनमा मृत्यु भएपछि विद्युत कार्यालयको क्वारेन्टाइनमा थप त्रास छाएको छ । विद्युत कार्यालयको सानो भवनको क्वारेन्टाइनमा मृतकसँगै अन्य ५ जनालाई राखिएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी