बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्युतीय सवारीमा कर वृद्धि गरिएकोप्रति निभाको असन्तुष्टि

शनिबार, १७ जेठ २०७७, १९ : ४०
शनिबार, १७ जेठ २०७७

काठमाडौं । विद्युतीय सवारीमा बढाइएको भन्सार शुल्कप्रति नेपाल न्यूइनर्जी एसोशिएसन(निभा)ले असन्तुष्टि जनाएको छ । बिहीबार सरकारले जारी गरेको आर्थिक वर्ष २०७७÷७८ को बजेटमा विद्युतीय सवारीमा लाग्ने करमा वृद्धि गरेपछि एसोशिएसनले एक विज्ञप्ति जारी गर्र्दै असन्तुष्टि जनाएको हो । 

एसोशिएसनले शनिबार जारी गरेको सो विज्ञप्तिमा विद्युतीय सवारीमा गरिएको कर वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको छ । 

सिङ्गो राष्ट्र विद्युतमा आत्मनिर्भर हुँदै आएको अवस्थामा नेपाली जनतामाझ लोकप्रिय गएकोे विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने ठाउँमा उल्टै निरुत्साहित हुने गरी कर वृद्धि गरेको एसोशिएसनको विज्ञप्तीमा भनिएको छ । यसले वातावरण प्रदुषण रोकथाम र विद्युत खपतलाई समेत निरुत्साहित गर्ने कार्य भएको एसोशिएसनको ठहर छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीमा लाग्दै आएको १० प्रतिशतको भन्सार शुल्क एककै पटक ७० प्रतिशतले बढाएर ८० प्रतिशत पु¥याएको छ भने सवारीको अन्तशुल्क र सडककर समेत वृद्धि गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप