जनकपुरमा कोरोना जितेर थप एक जना डिस्चार्ज
शनिबार, १७ जेठ २०७७, १९ : ०१
जनकपुर । थप एक जना कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । महोत्तरी घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिकामा बस्दै आएका एक पुस्तक व्यवसायी कोरोना जितेर डिस्चार्ज भएका हुन् ।
३५ वर्षीय व्यवसायी विजय चौधरीले १९ दिनपछि कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका हुन् । उनले प्रादेशिक अस्पताल स्थित आइसोलेशन कक्षमा भर्ना भएदेखि नै व्यवस्थापन देखि खानपानमा निकै कमीकमजोरी गर्ने गरेको गुनासो गरे ।
आइसोलेशनमा उपचारको क्रममा प्रादेशिक अस्पतालले गर्नुपर्ने सामान्य सुविधा समेत उपलब्ध नरहेको भन्दै व्यवसायी चौधरीले परिस्थिति खराब भएपनि मनस्थिति बलियो भएकै कारणले कोरोनालाई जित्न सफल भएको बताए ।
गत बैशाख ३० उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै कोरोना संक्रमित भएका धनुषाका पत्रकार बीरेन्द्र रमण केहि दिन अघि मात्रै डिस्चार्ज भईसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै